सार्वजनिक जग्गा संरक्षणमा जाग्दै बूढानीलकण्ठ ९ (भिडियो सहित)



१५ बैशाख २०७६, काठमाडौं

धोबीखोला करिडोर अन्तर्गत हालको बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ निलोपुल छेउमा रहेको एच.आर. हाउजिङ्ग एण्ड फ्यूल प्रा.लि.ले जग्गा मिचेको भनी परिवर्तन खबरमा समाचार प्रकाशन भएपछि वडाकार्यालय र जननिर्वाचित प्रतिनिधिहरु सार्वजनिक जग्गा संरक्षणमा सक्रिय देखिएका छन् ।

परिवर्तन खबरले यसअघि प्रकाशन गरेको “५ रोपनी सार्वजनिक जग्गामा पेट्रोल पम्प : वडाध्यक्ष र नगरप्रमुख बेखबर” समाचारको प्रभावले वडा कार्यालय, सार्वजनिक जग्गा संरक्षण गर्न स्थलगत अनुगमन तथा छलफलमा सक्रिय भएको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ का वडाध्यक्ष सहितको टोलीद्वारा गरिएको स्थलगत अनुगमको भिडियो :

[youtube https://www.youtube.com/watch?v=bhwEPg7nBFY]

शनिवार विहान करिव ९ बजे वडाध्यक्ष राजेन्द्रप्रसाद सापकोटा, वडा सदस्य परशुराम कार्की, सुमित्रा पाण्डे त्रिपाठी सहित नापी/मालपोत कार्यालय चावहिलका प्रतिनिधिले स्थलगत अनुगमन गरी पेट्रोल पम्प संचालक हरिभक्त श्रेष्ठ लगायत स्थानीयसँग छलफल गरेको छ ।

प्रारम्भिक छलफलमा हामीले अघिल्लो पटक प्रकाशन गरेको समाचार भन्दा फरक तथ्य भेटेका छौं । पेट्रोल पम्प भन्दा अगाडि रहेको धोबीखोला साविक हरिभक्त श्रेष्ठको जग्गा परेको र खोला उकास बापत निजले पेट्रोल पम्प पछाडीको केही जग्गा उपभोग गरेको देखिन्छ । यद्धपी उकास जग्गाबारे नेपाल सरकारको कुनै निर्णय नभएको बुभिएको छ ।

प्रारम्भिक छलफलका आधारमा पेट्रोल पम्प पछाडी साविक खोलामा धेरै भौतिक संरचना निर्माण भएको वडा सदस्य परशुराम कार्कीले स्थगलत भ्रमणमा बताएका छन् । यस सम्बन्धी आधिकारिक सिमांकन गर्न आजै वडा कार्यालयले नापी कार्यालय चावहिलमा पत्राचार गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

५ रोपनी सार्वजनिक जग्गामा पेट्रोल पम्प : वडाध्यक्ष र नगरप्रमुख बेखबर

समाचार प्रभाव : बूनपा ९ ले थाल्यो सार्वजनिक जग्गाको खोजी (भिडियो सहित)

 

प्रतिक्रिया दिनुहोस्