जनकपुरमा हावाहुरीका कारण दुई जनाको मृत्यु, इन्जिनियरिङ वर्कशप पूर्णरुपमा क्षति



१५ बैशाख २०७६, काठमाडौं

जनकपुरमा हावाहुरीका  कारण २ जनाको मृत्यु भएको छ ।

आईतबार बिहान साढे ३ बजे आएको हावाहुरीका कारण धनुषाको नगराईन नगरपालिका– ५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महावीर दासको मृत्यु भएको हो ।

स्थानीयका अनुसार उनीहरुको मृत्यु हावाहुरीको डरले भएको हो ।

साथै, हावाहुरीका कारण इन्जिनियरिङ वर्कशप पूर्णरुपमा नष्ट भएको छ । जसमा लगभग १० लाख क्षति भएको छ ।
घटनासम्बन्धी थप जानकारी आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्