पत्रकार महासंघले राखेको माग जायज छ : प्रचण्ड



१५ बैशाख २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस स्वतन्त्रता कुण्ठित नहुने गरी कानून निमार्णमा आफ्नो भूमिका रहने बताएका छन् ।

आईतबार पत्रकार महासंघको १६ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै प्रेस अभिव्यक्ति स्वतन्त्रतामा आफ्नो पार्टी र सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै उनले अब कानून बनाउने बेलामा पनि छलफल गरेरै बनाउनुपर्ने बताएका छन् । उनले आफू अहिलेको ठाँउसम्म आउनुको श्रेय पत्रकार र प्रेसकै भएको समेत बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता, प्रेसमैत्री कानून निमार्णलगायतका १६ बूँदा समेटिएको ध्यानाकर्षण पत्र प्रचण्डलाई बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्