एनआईसी एशिया बैंकका नयाँ ८ शाखा विस्तार



१५ बैशाख २०७६, काठमाडौं

एनआईसी एशिया बैंकले उपत्यका भित्र तीन, काभ्रेमा एक, पोखरामा एक, नुवाकोटमा दुई र पर्सामा १ गरि नयाँ ८ शाखा खोलेको छ ।

पोखरा अमरसिंह चोक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.डिल्लीराम पोखरेल र बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माले गरेका थिए ।

त्यस्तै, नागार्जुन स्थित सितापाईला शाखाको नार्गजुन नगरपालिकाका मेयर मोहन बस्नेत, शंखमुल शाखाको सोही वडाका वडा अध्यक्ष नारायणप्रसाद भण्डारी, भैसेपाटी शाखाको सोही वडाका वडा अध्यक्ष पुरोषोतम खड्का, त्रिशुली बजार शाखाको मेयर सन्जु पण्डित, बेत्रावती बजार शाखाको साही वडाका वडा अध्यक्ष गणेशकुमार नेपाल, धुलिखेल शाखाको उक्त नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु, पर्साको भिस्वा शाखाको छिपरमाई गाउँपालिका अध्यक्ष मनोज कुमारले उद्घाटन गरेका हुन् ।

बैंकका देशभरि २८१ शाखा, २८९ एटिएम, ४० एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई रहेको जानकारी एन्आईसिले दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्