बर्दियामा अत्याधिक मात्रामा बढ्यो गर्मी, जनजीवन प्रभावित



१५ बैशाख २०७६, काठमाडौं

बर्दियामा यस वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । गर्मीका कारण त्यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ ।

बैशाखको दोस्रो सातामै बर्दियाको तापक्रम ४५ डिग्री नाघ्नुका साथै दिनभरि तातो हावा (लू) लाग्न थालेपछि जनजीवन अस्तव्यस्त बनेको हो ।

अत्याधिक मात्रामा गर्मी बढेकाले सर्वसाधरण न्युन मात्रामा घरबाहिर निस्कने गरेकाले व्यापारमा प्रभाव परेको व्यवसायीहरुले जनाएका छन् ।

गर्मीकै कारण बर्दियाका अधिकांश विद्यालय बिहान सञ्चालन गर्नै तयारी भईरहेको छ ।

गर्मीका कारण लू लागेका , झाडापखाला र विभिन्न प्रकारका छालाजन्य रोग लागेका बिरामीको संङख्या बढेको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्