
१५ बैशाख २०७६, इटहरी
प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले पत्रकारहरुले खिचेका फोटोहरु प्रर्दशनी गर्न प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् ।
नेपाल फोटो पत्रकार महासंघ प्रदेश/जिल्ला समितिले फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा शुक्रवार आयोजना भएको कार्यक्रममा बोल्दै उनले फोटो प्रर्दशनी गर्नका लागि सरकार आर्थिक, प्राविधिक लगायतका सहयोग गर्न तयार रहेको बताए ।
उनले प्रदेश सरकार यस क्षेत्रमा आर्ट ग्यालरी स्थापना गर्ने कार्यमा सहयोगको भूमिका निर्वाह गर्ने बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पत्रकारिता सम्मानित पेशा भएको वताउँदै यसले आवाज विहिनहरुको आवाज बन्नु पर्नेमा जोड दिए ।





