
१५ बैशाख २०७६, काठमाडौं
पछिल्लो समय निकै नै रुचाईएको अभिनेता पल शाह र नायिका आँचल शर्माको आँप जोडीलाई उनका फ्यानहरुले दुलाह दुलहीको रुपमा देख्न पाउने भएका छन् ।
वास्तवमै उनीहरुले विवाह गरेका भने होइनन् भर्खरै मात्र छायांकन भएको नयाँ म्युजिक भिडियोमा उनीहरुले विवाह गरेका हुन् । कुन गीत हो भन्ने नखुलाए पनि निर्माण पक्षले भिडियो चाडैं नै बजारमा आउने जानकारी दिएका छन् ।
रिल मा मात्र नभएर रियलमा पनि यो जोडीको विवाह होस् भने धरै फ्यानहरुको चाहना रहेको छ । तरपनि अझैसम्म यो जाडीले आफूहरु मिल्ने साथी मात्र भएको दाबी गर्दै आइरहेका छन् ।





