
१५ बैशाख २०७६, काठमाडौं
नेपालको छिमेकी देश भारतमा अहिले चनावी गर्मी एकदम उत्कर्षमा रहेको बेला केही दिनदेखी सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । भाजपा र काँग्रेस समर्थक भारतीयले एकअर्को पार्टीलाई व्यंग्य गर्न यो भिडियो प्रयोग गरिरहेका छन् ।
जसमा एकजना मानिस भिडमा भाषण गरिरहेको बेला उनकोे पाइन्ट खुस्किन्छ, र सबै मानिस उनलाई हेरी गलल हाँस्छन् ।
कतिपयले ती व्यक्ति भाजपा नेता तथा राजस्थान अजमेरका उम्मेद्वार राकेश परिख भएको दाबी गर्छन् भने भाजपा समर्थकले काँग्रेस उम्मेद्वार राकेश पारिखको भिडियो भन्दै शेयर वा पोष्ट गरिरहेका छन् । तर, यो भिडियोको वास्तविकता भने अर्कै छ ।
Mr Rakesh Pareekh BJP candidate from Ajmeer was giving speech when his pants fell down. ?
Digital india@Shehla_Rashid @shahfaesal @mlalangate @MusadiqAalam @DarMudasir10 pic.twitter.com/nkc1tXYGJj
— moosa manzoor (@moosamanzoor111) April 24, 2019
खासमा यो पुरानो भिडियो हो । भिडियोमा भएका व्यक्ति हुन् उत्तराखण्डको जसपुरका नगर परिषद अध्यक्ष मोहम्मद उमर सिद्धकी । नगरपालिका निर्वाचनका दौरान भएको एक कार्यक्रममा उनको पाइन्ट खुस्किएको थियो । उनी न काँग्रेसका नेता हुन्, न भाजपाका । आफू त्यसबेला बहुजन समाजवादी पार्टीमा भएको र चुनावी अभियानका दौरान आफ्नो पाइन्ट खस्किएको उनको भनाई छ । पारिख र उनको अनुहार करिब मिल्छ । र, वास्तवमा पारिख भाजपा उम्मेद्वार नभएर काँग्रेसका उम्मेद्वार हुन् । एजेन्सी ।





