नेपाल आईडलका प्रतियोगि अमित बरालको पहिलो गीत ‘म त तिम्रै हुँ’ सार्वजानिक (भिडियो सहित)



१४ बैशाख २०७६, काठमाडौं

एपि वान टिभी बाट आयोजित नेपालकै चर्चित रियालिटि शो नेपाल आईडलका सिजन २ को टप ५ सम्म पुग्न सफल भएका प्रतियोगि हुन् अमित बराल । अमित बरालले एकदमै मन छुने “म त तिम्रै हुँ” बोलको गीत आफ्नै युट्युव च्यानल बाट बजारमा ल्याएका छन् ।

Image result for अमित बरालको

 

नेपाल आइडल बाटै लाखौं दर्शक स्रोताहरुको मन जित्न सफल भई सबै दर्शक स्रोताहरुको मनको ढुकढुकी बनेका छन् र लाखौ दर्शक स्रोताहरु अनि जर्चहरुलाई भावुक बनाएका छन् ।


बजारमा सार्वजनिक भएका गीतको भिडियोमा अमित आफैंले अभिनय गरेका छन् । उनलाई शाक्षी लम्सालले साथ दिएको छिन् । शिवराम श्रेष्ठले खिचेको भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् भने लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्