वर्षा र सन्जोग युरोप पुगेर हिउँमा मस्ती गर्दै (फोटो फिचर)



१४ बैशाख २०७६, काठमाडौं

अभिनेत्री बर्षा राउत र अभिनेता तथा व्यावसायी सन्जोग कोईरालाले निकै लामो समयको प्रेम सम्बन्धलाई फागुन २ गते अर्थात भ्यालेनटाइन डे को दिन विवाह बन्धनमा बाधिएको थियो । विवाहपछि पनि उनीहरु आ-आफ्नो कामलाई भने निरन्तरता नै दिरहेको थियो । बर्षा चलचित्रको छायाकनमा व्यस्त भएकी थिइन् भने सन्जोग व्यावसायमा ।

बर्षा र सन्जोगले आफ्नो लागि समय निकालेकर अहिले हनिमुन मनाउनका १–२ हप्ताको लागी बाहिर छन् । यतिबेला हनिमुन मनाउनका लागी युरोप पुगेको छ । केहि दिन अगाडी युरोप पुगेको यो जोडीले रोमान्टिक पोजका तस्विर सामाजिक संजालमा पोष्ट गरेका छन्। पोष्ट तस्विरमा दुवै निकै रोमान्टिक मुद्रामा देखिएका छन् ।

बर्षा अभिनित दुई चलचित्र लगातार रिलिजको तयारीमा रहेका छन्। ‘दाल भात तरकारी’ बैशाख २० मा रिलिज हुदैछ भने ‘जात्रै जात्रा’ जेठ ३ मा रिलिज  हुदैछ ।

प्रतिक्रिया दिनुहोस्