समाचार प्रभाव : बूनपा ९ ले थाल्यो सार्वजनिक जग्गाको खोजी (भिडियो सहित)



१३ बैशाख २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ मा सार्वजनिक जग्गा मिचि व्यक्तिले भोग चलन गरिरहेको समाचार परिवर्तन खबरमा ०८ बैशाख २०७६ मा ‘५ रोपनी सार्वजनिक जग्गामा पेट्रोल पम्प : वडाध्यक्ष र नगरप्रमुख बेखर’ भन्ने शिर्षकमा समाचार प्रकाशन भएपछि वडा कार्यालयले वडाभित्रको सार्वजनिक जग्गा खोजी गर्न थालेको बुझिएको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ का कार्यबहाक वडाध्यक्ष सुमित्रा पाण्डे त्रिपाठीले परिवर्तन खबरसँगको कुराकानीमा समाचार प्रकाशन भएपछि वडा कार्यालयले नापी कार्यालय चावहिलमा पत्राचार गरी वडाभित्र मिचिएका सार्वजनिक जग्गाको सिमांकन थालनी गर्ने जानकारी दिएकी छिन्।

बूनपा ९ का कार्यबहाक वडाध्यक्ष पाण्डेसँगको भिडियो कुराकानी :

[youtube https://www.youtube.com/watch?v=prlKSiOtLkE]

यो पनि पढ्नुहोस्

५ रोपनी सार्वजनिक जग्गामा पेट्रोल पम्प : वडाध्यक्ष र नगरप्रमुख बेखबर

प्रतिक्रिया दिनुहोस्