
१३ बैशाख २०७६, काठमाडौं
यो संसारमा सोच्नै नसकिने, विश्वास नै लाग्न नसक्ने रोचक घटनाहरु घटिरहेका हुन्छन् । करिब सवा अर्बभन्दा धेरै जनसख्या रहेको छिमेकी देश भारतमा बेला बेला यस्तै अचम्म लाग्ने घटनाहरु घटिरहेको हुन्छ ।
भारतको बिहारस्थित भागलपुरमा यस्तै अनौठो घटना घटेको छ । एक पुरुषले आफ्नो पत्नीलाई प्रेमीसँग विवाह गरादिएका छन् । त्यतिमात्रै हैन् उनको पत्नीको विवाहसँगै आफ्नो छोरालाई उपहार स्वरुप दिएका छन् । सुन्दा अपत्यारिलो लाग्नो यो विवाहको साँक्षी भने धेरै रहेका छन् । छोरा र पत्नी लिएर शहरमा एउटा कोठा भाडामा लिएर बस्दै आएका ती व्यक्ति कारणवस एकदिन जेलमा परे ।
पती जेलमा रहेपछि पत्नी भने आफु बसेको घरभेटीको छोरासँगको प्रेममा परिन् । केही समय जेलमा बिताएर पती घर आएपछि आफ्नो श्रीमती घरभेटीको छोरासँग सल्केको थाहा पाए । त्यसपछि उनले घरभेटीकै छोरासँग विवाह गरादिने निर्णय गरेर पत्नीलाई सुनाए ।
पतीको यस्तो कुरा सुनेपछि अलमलमा परेकी पत्नीले केही बोल्न सकिन । त्यसपछि उनले पञ्चायत बोलाएर पत्नीको विवाह गरादिए । पत्नीको विवाह गराइदिएपछि उनले नवविवाहित दुलहिलाई उपहार स्वरुप अढाई बर्षे छोरा सुम्पिए ।





