सोलुखुम्बुको महाकुलुङमा ‘पशुपन्छी विकास गुरुयोजना निर्माण’कार्यक्रम सम्पन्न



१३ बैशाख २०७६, काठमाडौं

सोलुखुम्बुको ‘महाकुलुङ गाउँपालिका’मा ‘पशुपन्छी विकास गुरुयोजना निर्माण’कार्यक्रम सम्पन्न भएको छ ।

‘कृषि पशुपन्छीमा लगानी, महालकुलुङमा सुनौलो विहानी’ भन्ने मुल नारका साथ सम्पन्न कार्यक्रमले कार्यक्रमको नामजस्तै पशुपन्छीसम्बन्धि विशेष छलफल गरेको थियो ।

गाउँपालिका कार्यालयमा सम्पन्न भएको कार्यक्रममा कृषिविद् मदन राई, पशुपन्छी विकास मन्त्रालयका पूर्व सह–सचिव डा सुदर्शन प्रसाद रेग्मी, कृषि ज्ञान केन्द्र संयोजक झलनाथ कंडेल लगायतको उपस्थिती रहेको थियो ।

साथै कार्यक्रमलाई जि फाउण्डेशन नेपाल, इको हिमाल, विमा कम्पनी तथा अन्य सामाजिक संघ संस्थाले समेत साथ दिएका थिए ।

“हामीले तपाईहरुले दिनुभएको यी सुझावहरुलाई आत्मसाथ गरेर अगाडी बढ्नेछौं ।” गाउँपालिका प्रमुख सागर किराँतीले भने ।

साथै कार्यक्रममा सहभागीहरुबाट गरिब तथा जेहेनदार विद्यार्थीहरुका लागि २८ हजार ७ सय ६० रुपैंया  छात्रवृत्ति कोषमा जम्मा भएको अध्यक्ष किराँतीले जानकारी दिए ।

यो पनि पढ्नुहोस् !

विकासमा फड्को मार्दै विकट क्षेत्रको गाउँपालिका ‘महाकुलुङ गाउँपालिका’ !(भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्