फ्रेण्डशिप युवा क्लवद्वारा भूकम्प दिवसमा दीप प्रज्वलन



१३ बैशाख २०७६, काठमाडौं

२०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले ठुलो जनधनको क्षति पुर्याएको थियो । सोही दिनको अवसरमा फ्रेण्डशिप युवा क्लव कपनले दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

दीप प्रज्वलनमा फ्रेण्डशिप युवा क्लवका अध्यक्ष आईते लामा (सानोभाई)ले मन्तव्य राख्दै  विगतदेखि नै सामाजिक कार्यमा योगदान पुर्याउदै आएको जानकारी गराउदै भूकम्पबाट क्षती पुगेका विगतका कुराहरु विर्सेर नयाँ कार्यको शुरुवात गर्न हामीले बाई बाई अर्थक्वीक लेख्दै दीप प्रज्वलन गरेको बताएका थिए ।

सो कार्यक्रममा सिद्धेश्वर योग साधना केन्द्रकी अध्यक्ष कमला पण्डेले भूकम्पमा परेर ज्यान गुमाउनेहरुलाई श्रद्धाञ्जली दिदै प्राकृतिक प्रकोपबाट हुने क्षति रोक्न नसकिने भन्दै सबैलाई सतर्क रहन आग्रह गरिन् ।

नोभो हार्म रिडक्सन कम्युनिटी नेपालका अध्यक्ष विवेक अधिकारीले नयाँ कार्यको शुरुवात होस् भनि क्लबको प्राङ्गणमा बृक्षारोपण समेत गरेको जानकारी गराए ।

कार्यक्रममा फ्रेण्डशिप युवा क्लवका विभिन्न पदाधिकारी तथा सदस्यहरु, सिद्धेश्वर योग साधना केन्द्रका पदाधिकारी लगायत अन्य विभिन्न क्षेत्रबाट समाजमा योगदान पुर्याउदै आएका समाजसेवी तथा विद्यार्थीहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्