बेइजिङमा बीआरआई सम्मेलन सुरु, राष्ट्रपति भण्डारी पनि सहभागी



१३ बैशाख २०७६, काठमाडौं

चीनले आयोजना गरेको बेल्ट एण्ड रोड (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय शिखर सम्मेलन बेइजिङमा आजबाट सुरु भएको छ ।

बीआरआईको उद्घाटनमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी छिन् ।

चीनका राष्ट्रपति ‘सी’को पहलमा अगाडि बढेको बीआरआई परियोजनामा नेपालले दुई वर्षअघि हस्ताक्षर गरेको थियो ।

जसअन्तर्गत अहिले नेपालले कनेक्टिभिटि र जलविद्युत सहित ९ वटा परियोजनाहरू प्रस्ताव गरेको छ ।

“बीआरआईले कनेक्टिभिटि र व्यवहारिक सहकार्यलाई बढाउने छ, यो साझा विकास लक्ष्य हासिल गर्ने प्रयास हो ।” ‘सी’ले भने ।

१५० देश तथा संगठनले बीआरआई परियोजनामा चीनसँग हस्ताक्षर गरेको जनाउँदै ‘सी’ले भने, “पहिलो बीआरआई सम्मेलनको निर्णय सफलतापूर्वक लागू गरिएको छ ।”

गत वर्ष भएको पहिलो बीआरआई सम्मेलनमा पनि नेपाल सहभागी भएको थियो ।

तीन दिनसम्म चल्ने सम्मेलनमा ३७ देशबाट राष्ट्र तथा सरकार प्रमुख र उच्च नेताहरू सहभागी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्