चाैकिदार खाेज्न नेपाल जान्छु भन्दै भारतीय नेताले गरे नेपालीको अपमान ! (भिडियो सहित)



भारतीय कांग्रेस आईका नेता हार्दिक पटेलले नेपाल र नेपालीबारे अपमानजनक अभिव्यक्ति दिएका छन् । नेता पटेलले चौकीदार चाहिए नेपाल गएर ल्याउँछु भनेर अपमानजनक अभिव्यक्ति दिएका हुन् ।

उनले भनेका छन्, ‘मलाई चौकीदार खोज्नुपरे म नेपाल जान्छु, तर मलाई प्रधानमन्त्री चाहिएको छ ।’भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई भारतको चौकीदारका रूपमा प्रस्तुत गर्दै चुनावी अभियानमा लागेको सन्दर्भमा भारतीय पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिँदै पटेलले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्