सरकारले कतारका लागि नेपाली राजदूत कोइरालालाई फिर्ता बोलायो



१२ बैशाख २०७६,काठमाडौं

सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिएका छन् ।

सरकारले आवश्यकता महसुस गरी राजदूत कोइरालाई फिर्ता बोलाएको मन्त्री बाँस्कोटाले बताएका छन् । कोइरालालाई २ वर्षअघि पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले राजदूत बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्