
१२ बैशाख २०७६, काठमाडौं
पेट्रोलियम पदार्थको नियमन गर्ने निकाय नेपाल आयल निगमले ग्यास व्यवसायीको कमिशन बढाएकोे छ ।
निगमले व्यवसायीको लगानी र खर्च बढेको आधारमा कमिशन बढाएको हो । विगत ४/ ५ वर्ष देखि व्यवसायीको कमिशन बढेको थिएन ।
ग्यास व्यवसायीको खर्च र लगानी बढ्दै गएपछि निगमले २८ रुपैयाँ कमिशन बढाएको हो ।
यसको लागि निगमले बार्षिक ९६ करोड खर्च गर्ने छ । बढेको कमिशन रकम बिहिबार (आज) देखि व्यवसायीले पाउने छन् ।
सो कमिशन रकम उपभोक्तालाई भार नपर्ने गरी पेट्रोल र डिजेलको मुल्यमा समायोजन गरिने निगमले जनाएको छ ।





