
१२ बैशाख २०७६, काठमाडौं
सत्तारुढ दल नेकपाका युवा र विद्यार्थी संगठनका नेताहरुले एनसेलको सिम प्रयोग नगर्न अपिल गरेका छन् ।
वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा), युवासंघ अध्यक्ष रमेश कुमार पौडेल, अनेरास्ववियू अध्यक्ष नवीना लामा , र अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ्गले संयुक्त रुपमा विज्ञप्ति निकालेर एनसेलको सिम प्रयोग नगर्न अपिल गरेका हुन् ।
२४ घण्टाभित्र एनसेलले कर नतिरेमा दबावका कार्यक्रम घोषणा गरिने उनीहरुले चेतावनी दिएका छन् ।
साथै एनसेलाई कर छुट दिने वा अन्य कुनै विशेष सुविधा दिने जस्ता निर्णय नगर्न युवा तथा विद्यार्थी संगठनका नेताहरुले सम्बन्द्ध निकायहरुलाई आग्रह गरेका छन् ।





