जनआन्दोलनका घाईते कायस्थ अझै अर्धचेत अवस्थामै !



११ बैशाख २०७६, काठमाडौं

जनआन्दोेलन वि. स. २०६२/६३ मा घाईते भएका काभ्रेपलाञ्चोक बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै छन् ।

कायस्थ वि. स. २०६२/६३ को आन्दोलनको क्रममा ०६२ चैत्र २७ गते बपरिवर्तन खबरनेपामा गोली लागेर घाइते भएका थिए ।

जनताको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र स्थापना भएर सेवा प्रवाह भईरहेको अवस्थामा लोकतन्त्र स्थापना गर्न आन्दोलनमा होमिएका घाइतेहरुको अवस्था उस्तै रहेको जनआन्दोलनका घाइते मुकेशकी आमा मिरा कायस्थले बताईन् ।

उपचारको क्रममा तीन पटक टाउकाको शल्यक्रिया गरिसकेपनि स्वास्थ्यमा खासै सुधार नआएको आमा मीराले बताएकी छिन् ।

उनी मुखले खाने, हाँस्ने जस्ता काम गर्न सक्दैनन् । अहिले अक्सिजन दिईरहँनु पर्दैन ।

मुकेश कायस्थ प्रतिष्ठानका मोहन दुलालले उनको नाममा मस्तिष्क घातकको पुनःस्थापना केन्द्र स्थापना गर्न पहल गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्