विमानस्थलको स्तोरन्नोतिका लागि गिट्टी–बालुवा आपूर्तिमा अवरोध !



११ बैशाख २०७६, काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तोरन्नोतिका लागि गिट्टी– बालुवाको आपूर्तिमा फेरि अवरोध भएको छ ।

ललितपुरको देवीचौरका स्थानीयले गिट्टी बालुवा आपूर्तिमा अवरोध पुर्याएका हुन् । यसले गर्दा विमानस्थलको संवेदनशील काम प्रभावित हुने जोखिम बढेको छ ।

क्रसरहरुले जथाभावी गिट्टी–बालुवा निकालेको भन्दै देवीचौरमा स्थानीयले अवरोध गरेका हुन् ।

यसअघि काभ्रेबाट यो कामको लागि गिट्टी–बालुवा आपूर्ति गरिन्थ्यो । त्यँहाको स्थानीयलेपनि बालीनाली बसोबास क्षेत्रमा असर पुगेको भन्दै अवरोध गरेका थिए ।

सन् १९७५ ताका निमार्ण गरिएको विमानस्थलको धावनमार्गको पिच त्यसपछि पहिलोपटक पुरै फालेर नयाँ फेर्न लागिएको छ । झन्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर काम चलाइँदै आएकामा अब पूर्ण रुपमा कालोपत्रे गर्न लागिएको हो ।

चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोली इन्टरनेशनल इन्जिनियरिङले यो कामको जिम्मेवारी पाएको छ ।

धावनमार्गको काम सकेपछि बाँकी अरु आठ महिनाभित्र ट्याक्सी पार्किङलगायतका काम सक्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्