शारीरिक रुपले अशक्त गंगा रायमाझी दुवै खुट्टा बिना हिड्न सक्छिन् (भिडियो सहित)



११ बैशाख २०७६, काठमाडौं

गंगा रायमाझी शारीरिक रुपले अशक्त छिन् । आफ्ना दुबै खुट्टा गुमाएकी रायमाझीका सामाजिक कार्यले सबैलाई प्रेरणा मिल्ने गर्छ । उनी गाउँ–गाउँमा पुगेर अशक्त व्यक्तिहरुलाई उद्धार तथा सहयोग गर्ने गरेकी छिन् ।

गुल्मीको छापाहिलेमा जन्मिएकी गंगाले लामो समयदेखि अपाङ्गताको क्षेत्रमा क्रियाशिल रहेर काम गर्दै आएकी छिन् । उनले धेरै जना अपाङ्गता भएका व्यक्तिलाई नवजीवन प्रदान गर्न सफल समेत भएकी छिन् ।

उनी जन्मजात नै अपाङ्ग हैनन् । गंगाको अनुसार, आमाले ३ महिनाको हुँदा अगेनाको चुलो अघि सुताएको कारण उनको दुईवटै खुट्टा जलेर गुम्न पुग्यो । उनी अहिले कुक्रिम खुट्टाको साहरा हिड्डुल गर्ने गर्छिन् ।

विगतका दिन सम्झिदै उनी भन्छिन, “गाउँलेहरु आमालाई यस्तो अपाङ्ग छोरीलाई पढाएर केहि हुँदैन ।”

सानो छँदा उनी हातमा चप्पल टेकेर जाने गर्थिन । धेरै संघर्ष गरेर उनले स्नातकसम्मको अध्ययन पुरा गरिन् । उनले मामाघरमा नै बसेर आफ्नो पढाई सकाएकी हुन् । उनका मामाघरमा उनलाई पहिलेदेखि नै हौसला मिल्थ्यो ।

“आमालाई घरमा छोरी जलाईस भनेर धेरैले हेला गर्ने गर्दथे तर पछि मैले पाएको उपलब्धिले गर्दा आमा धेरै खुशी हुनहुन्थ्यो । पछिल्लो दिनमा सबैको प्रशंसा र हौसला पाएकी छु आजको दिनमा”–उनले भनिन् ।

हाल उनी आशा अपाङ्ग केन्द्रको संस्थापक रहेर काम गरिरहेकी छिन् । आशा अपाङ्ग केन्द्रले जिल्लामा विगत १० वर्ष अघिदेखि प्रत्यक्ष रुपमा अपाङ्गताको क्षेत्रमा मात्र काम गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्