
११ बैशाख २०७६, काठमाडौं
कुनै मानपदवी तथा पुरस्कार पाउनेबितिकै सामाजिक संजालमा तस्बिर पोस्ट गर्ने प्रहरी अधिकारीमाथि प्रहरी प्रधान कार्यालयले कारबाही सुरु गरेको छ ।
बैशाख १ गते राष्ट्रपतिबाट विभूषित भएकाहरुले फेसबुकमा फोटो राख्दै प्रचारप्रसार गरेपछि हेडक्वार्टरले सचेत गराउँदै हटाउन निर्देशन गरेको हो ।
राष्ट्रपतिबाट नेपाल प्रहरीका झन्डै ४० जना प्रहरीले सम्मान पाएका थिए ।
यसरी सम्मान पाउनेहरुमध्ये केही प्रहरी अधिकारीले सामाजिक संजालमा फोटो राख्दै प्रचार गरेका थिए ।
सो कार्य सामाजिक संजालमा प्रयोग सम्बन्धि कार्यविपरीत भएको भन्दै हेडक्वार्टरले हटाउन निर्देशन गरेको हो ।
कुनै सामाजिक कार्य सामूहिकरुपमा गरिरहेको बेला खिचिएका तस्बिर भने हाल्न पाइने हेडक्वार्टरले बताएको छ ।





