६१ वर्षको उमेरमा विवाह : नातिनातिना गए जन्ती…



१० बैशाख २०७६, गुल्मी

६१ वर्षीय एक व्यक्तिले आफूभन्दा करिव १६ वर्ष कान्छि महिलासँग विवाह गरेका छन् ।

आफ्नो मन मिलेपछि उमेरले रोक्दैन भन्ने उदाहरण दिएका यी जोडीले समाजमा दिएका छन् । गुल्मीको मुसिकोट नगरपालिका–९, अर्लाङ्गकोट पुर्खेयौली घर भई हाल पश्चिम नवलपरासीको गैँडाकोट नगरपालिका–४ झपर्दी वसाईसरी गएका ६१ वर्षीय नारायणप्रसाद सापकोटाले ४५ वर्षीया लक्ष्मी अर्यालसँग लगनगाँठो कसेका हुन् ।

आइतबार यो जोडीले हिन्दु परम्परा अनुसार विधिवत रुपमा विवाह गरेका हुन् । अर्यालको माइती घर तनहुँको देवदह हो । सोमवार विहानैदेखि सापकोटा परिवारमा भोज भतेर सहित धुमधाम  विवाहको रौनक जारी छ ।

अर्लाङ्गककोटबाट बसाई सरेर पाल्पाको तानसेन–१ मा बसोवास गरेका बेहुलाका कान्छा भाई जयराम सापकोटा भन्छन्, ‘हामी सबै दाजुको विवाहमा गैडाकोट आएका छौं । एक बर्षअघि भाउजु खिमकलीको ५८ बर्षको उमेरमा मृत्यु भएकाले अर्को विवाह गर्नुपरेको हो ।’

उनका अनुसार बेहुला दाजुका एक छोरी, दुई छोरा र नातिनातिना पनि छन् । ‘विवाहको रमझममा उनै नातिनातिनका रमाएका छन् । बुढेसकालमा सहाराका लागि दाजुले  हिजो विवाह गरेर भाउजु भित्र्याउनु भएकोमा हामी सबै खुशी छौं’ उनले बताए ।

२०१५ साल पुस २२ गते जन्मिएका नारायणले मृत्यु भएकी श्रीमति खिमकलीलाई २०३४ सालमा विवाह गरेका थिए ।

हजुरवुवाको विवाहमा नातिनातिनाहरु रमाएर सहभागी भएका देखिन्छन् । छोराले बुहारी भित्र्याएकोमा खुशीले गद्गद् भएकी ८६ वर्षिय आमा हरिकला सापकोटाले विधि अनुरुप नै बुहारी भित्राएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्