
१० बैशाख २०७६, काठमाडौं
नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने आएको मुन्द्रेको कमेडी क्लबमा अहिले नेपालमा हास्यकलाकारको समुहले नयाँ कमेडी शो प्रसारण गरिरहेको छन् । जितु नेपालद्धारा सञ्चालित मुन्द्रेको कमेडी क्लबमा नेपालका नाम चलेका चर्चित हास्य कलाकारको सहभागीता रहेको छ ।
चलचित्र ‘छक्का पञ्जा ३’का कार्यकारी निर्माता जितु नेपाल नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’ बन्द भएपछि चलचित्रमा जमेका उनी ‘मुन्द्रेको कमेडी क्लब’ शोमार्फत सानो पर्दामा फर्किएका छन्।
यस मुन्द्रेको कमेडी क्लबकार्यक्रमलाई अत्यन्तै दर्शकहरुले रुचाइएको छ । कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ । यो एपिसोडमा महानायक राजेश हमाल पुगेका छन् । नायक राजेश हमाललाई ३० बर्ष चलचित्र क्षेत्रमा काम गरेका हुन भन्दै मुन्द्रेको कमेडी क्लबद्धारा महानायक हमाललाई ३० केजीको मालाले स्वागत गरेका थिए र कार्यक्रम भर राजेशले रमाइलो गरेका छन् । भिडियो…..





