न्युनतम पारिश्रमिक माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र



१० बैशाख २०७६, इटहरी

न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा लागू गर्न माग गर्दै संयुक्त ट्रेड युनियन प्रदेश नम्बर १ ले हिजो प्रदेश नम्बर १ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

संयुक्त ट्रेड युनियनले चिया श्रमिकहरु न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा लागू गर्न माग गर्दै २२ दिनदेखि आन्दोलित हुँदा पनि सरकार पक्षले बेवास्ता गरेको भन्दै मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन बुझाएका हुन् ।

उनीहरुले चाँडोभन्दा चाँडो चिया बगानका श्रमिकहरुको न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा योजना लागू  गर्न प्रदेश सरकारसँग माग गरेका छन् । उनीहरुले सरकार, रोजगारदाता एवम् श्रमिकको त्रिपक्षीय सहमतिद्वारा २०७५ साउन १ गतेदेखि लागू हुनेगरी योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र प्रचलित कानुनबमोजिम श्रमिकले पाउने संचयकोष र उपादानलगायतका सुविधा प्रदान गर्नुपर्ने भए पनि रोजगारदाता र सरकारले सो व्यवस्था नगरेका कारण आन्दोलित हुनुपरेको उनीहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्