बंगलादेशद्धारा नेपाली धागो आयातमा लगाएको प्रतिबन्ध फुकुवा !



१० बैशाख २०७६, काठमाडौं

बंगलादेशले नेपाली धागो आयातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गरेको छ ।

बंगलादेश सरकारले ४ वर्षदेखि लगाँउदै आएको प्रतिबन्ध नेपाली धागोको परीक्षणपछि फुकुवा गरेको हो ।

त्यहाँको राष्ट्रिय राजस्व बोर्डले स्थलमार्ग हुदैँ धागो आयात गर्न अनुमति दिने निर्णय गरेसँगै नेपालबाट बंगलादेशमा धागो निकासी गर्ने बाटो  खुलेको हो ।

बंगलादेशले ४ वर्षअघि नेपाली धागोको आयात बन्द गर्ने निर्णय गरेको थियो ।

नेपाली  पक्षले भने सन् २०१७ देखि नै प्रतिबन्धले नोक्सानी पुगेको भन्दै फुकुवा गर्न आग्रह गर्दै आएको थियो ।

नीजि  तथा सरकारी तबरमा भएका विभिन्न छलफल र नेपाली धागोको गुणस्तर परीक्षणपछि बंगलादेश सरकार नेपाली धागोको आयात गर्ने निष्कर्षमा पुगेको हो ।

हाल नेपालमा दर्शनौं धागो उद्योग सञ्चालनमा छन् । धागो नियातको प्रमुख गन्तव्य बंगलादेशले प्रतिबन्ध लगाएपछि नेपाली उद्योगहरु प्रभावित हुँदै आएका थिए ।
बंगलादेश सरकारको धागो आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णयसँगै नेपाली धागो व्यवसायीलाई राहत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्