
०९ बैशाख २०७५, इटहरी
कुनै पनि अस्पतालमा बिरामी आफ्नो स्वास्थ्य लाभ गर्न आउँछन् । तर त्यही अस्पतालमा आएका बिरामी र बिरामीका कुरुवा थप बिरामी पर्नु एक गहकिलो विषय हो । त्यसमाथि अस्पताल जस्तो क्षेत्रमा फोहोरमैला व्यवस्थापन नहुनु त झन् अस्पताल प्रशासनमा भएको समस्याको गम्भीर विषय हो ।
यस्तै समस्याको जालोमा बसेको छ, सिरहाको लहान नगरपालिकामा रहेको ‘रामकुमार सारडा उमा प्रसाद मुरारका स्मारक अस्पताल’ । अस्पताल परिसरमा रहेका फोहोरको थुप्रो र व्यवस्थापनको कमजोरीले गर्दा बिमारी मात्र नभई आफैं बिरामी बन्ने कुरुवा गुनासो गर्छन् ।
यस विषयमा अस्पताल प्रशासन विभागका प्रमुख लोकेन्द्र शाहीले अस्पतालको कमजोरी स्वीकार गर्दै यस विषयमा अब आफू गम्भीर भएर लाग्ने बताए । उता वडाध्यक्ष रामदयाल महतोले भने बजेट छुट्याए पनि सरकाले बजेट नपठाएको र व्यवस्थापनमा समस्या भएको बताए ।
त्यस्तै लहान नगरपालिका उपमेयर सरीयार चौधरीले नगरको तर्फबाट फोहोर नियन्त्रणमा काम गरिरहेको अन्य कार्य गर्न जग्गामा विवाद भएकोले दोधारमा परेको बताइन् ।





