नायक आर्यन सिग्देलले छोराको नाम जन्मनु पुर्व नै राखेका थिए यस्तो..



०९ बैशाख २०७६,काठमाडौं

नेपाली चलचित्र जगतका चर्चित महानायक आर्यन सिग्देल अहिले छोराको बुबा बनेका छन् । विवाहको ५ वर्ष पछि आर्यनको श्रीमती सपनाले छोेराको जन्म दिएकी हुन् । उनीहरुले आज भन्दा ५ वर्षअगाडि वैशाख ६ गते अर्थात छोरोको जन्म दिएकै दिन विवाह गरेका थिए । आर्यन र सपनाले केही वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।

केही महिनाअगाडि सपना गर्भवती भएको बेला आर्यनले श्रीमतीसँगको तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । जुन तस्विरहरुको विभिन्न नकरात्मक कमेन्टहरु आएको थियो ।

अहिले आर्यनले छोरोको जन्मपछि धेरै खुसी हुदै आफ्नो छोराको नाम न्वारान पूर्व नै खुलासा गरेका छन् । उनले एक अन्तवार्तामा हामीले जन्मपूर्व नै छोरोको नाम तयार पारेको थियौ । छोरा जन्मिएकोले आफ्नो छोरोको नाम ‘आयांक्स’ राखेको बताए । उनले आफ्नो छोरोको नामको अर्थ आर्यनको एक अशं रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्