युक्रेनको राष्ट्रपतिमा हाँस्यकलाकार जेलेन्स्की विजयी !



०९ बैशाख २०७६, काठमाडौं

युक्रेनका हाँस्यकलाकार (कमेडियन) भोलोडिमर जेलेन्स्कीले त्यहाँको राष्ट्रपति पदको निर्वाचनमा विजयी भएका छन् ।

दोस्रो चरणमा भएको निर्वाचनका क्रममा उनले ७३ प्रतिशत मत पाएका बताईएको छ ।

राष्ट्रपतिका अर्का उम्मेदवार तथा बहालवाला राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई उनले पराजित गरेका हुन् ।

“म अहिले नै आधिकारिक रुपमा राष्ट्रपति भइसकेको छैन ।” उनले भने ।

यो समाचार एक्जिट पोलको सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्