तपाईले चाहिँ बन्दुक पड्काएर परेवा तर्साउनुभएको थियो र? : प्रचण्डलाई रेखाको अभिव्यक्ति



०९ बैशाख २०७६, काठमाडौं

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर नायिका रेखा थापाले कटाक्षपूर्ण अभिव्यक्ति राखेकी छिन् ।

आईतबार चितवनको एक विद्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले बम पड्काएर जनतामा नतर्साउन विप्लवलाई आग्रह गरेका थिए ।

उनले विप्लवलाई भ्रमबाट मुक्त भएर वार्ता, संवादमा आउन आग्रह गरे ।

“एक, दुईओटा बम पड्काएर जनतालाई आतङ्कित पारेर चन्दा उठाएर हिँड्ने यो अवस्था होईन ।” उनले भनेका थिए  । “घटना घटाएर परिवर्तन हुन्छ भन्नु ठूलो भ्रम हो ।”

यहिँ उनको अभिव्यक्तिलाई लिएर नायिका थापाले भनिन्, “तपाईले चाहिँ बन्दुक पड्काएर परेवा तर्साउनुभएको थियो र?

प्रतिक्रिया दिनुहोस्