श्रीलङ्काकाका विभिन्न ठाँउमा भएको विष्फोटमा सयौं मानिसहरू हताहत !



०८ बैशाख २०७६, काठमाडौं

श्रीलङ्काकाका विभिन्न ठाउँमा भएको विष्फोटमा परि सयौं मानिसहरू हताहत भएको बताईएको छ ।

शनिवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरेर कम्तीमा ६ ओटा विष्फोटहरु भएका जनाईएकोे छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार हताहत हुनेमा विदेशी पर्यटकहरू पनि हुन सक्ने जनाईएको छ ।

कोच्चिकाडे, बट्टिकलोआ र कटुवापिटिया जिल्लामा रहेका गिर्जाघरमा आइतवार बिहान विष्फोटनहरू भएका थिए ।

मध्य कोलम्बोस्थित साङ्ग्रिला, सिनमन ग्र्यान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विष्फोटन भएको बताइएको छ।

यसअघि नाम उल्लेख नगरिएको एक स्रोतलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले कम्तीमा ८० घाइतेलाई राजधानी कोलम्बोको अस्पतालमा भर्ना गरिएको जनाएको थियो ।

इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा ती विष्फोटनहरू भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्