वास्तविक सुकुम्बासीका समस्याहरु समाधान हुन्छन् : प्रधानमन्त्री ओली



०८ बैशाख २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले वास्तविक सुकुम्बासीका समस्या सरकारले समाधान गर्ने बताएका छन् ।

नवलपुर जिल्लाको कावासोती नगरपालिका–३ मा नमुना सदरमुकामको एक कार्यक्रममा हिजो  शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासीको समस्या ठूलो नभएको बताएका हुन् ।

“सुकुम्बासीको समस्या ठूलो समस्या होईन । समाधान नगरेर बनेका हुन् ।” प्रधानमन्त्री ओलीले भने । “घरखेत नभएका नै वास्तविक सुकुम्बासी हुन् । वास्तविक सुकुम्बासीको पहिचान गरेर सरकारले समस्या समाधान गर्छ।”

प्रधानमन्त्री ओलीले प्रदेशका विकास निर्माणलगायत काममा जिम्मोवार ढंगले प्रस्तुत हुन मुख्य मन्त्रीलाई सुझाव दिए ।

 

प्रतिक्रिया दिनुहोस्