
०८ बैशाख २०७६, काठमाडौं
सर्वोच्च अदालतमा न्यायधीसमा नियुक्त ५ जनाले प्रधानन्यायधीसबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आईतबार बिहान १० बजे राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायधीस चोलेन्द्र शमशेर जबराबाट नियुक्त न्यायधीसहरुले शपथ ग्रहण गरेका हुन् ।
सपथ लिने न्यायधीसहरुमा प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी , हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा रहेका छन् ।
न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाई समितिले नियुक्तिका लागि सिफारिस गरेपछि शुक्रबार राष्ट्रपति भण्डारीले उनीहरुको नियुक्तिमा मोहर लगाएकी थिइन् ।





