प्रमोद खरेल,पल शाह र जुम्ल्याहा प्रिन्सी र प्रिज्मो साथमा बबाल डान्स (भिडियो सहित)



०७ बैशाख २०७६, काठमाडौं

महागायक प्रमोद खरेल सुमधुर स्वरको धनी दर्जनै गित ल्याएर हाम्रो माच कयौँ नेपालीहरुको मन जीत्न सफल भएका निकै चरचित गायक हुन् । ‘ओइ झुमा’को सफलतापछि गायक खरेलले ‘झुमा झुमा’ दर्शकबीच ल्याएका छन् । आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार दिउँसो ४ बजे गायक खरेलले झुमा झुमा गीत सार्वजनिक गरेका हुन् ।

अहिलेको समयमा निकै नै चर्चित मोडल तथा अभिनेता पल शाह र गायक खरेलसँग जुम्ल्याह दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाले अभिनय गरेका छन् । टिकटकमा निकै भाइरल भएका दर्शकहरुले अतिनै रुचाइएका प्रिन्सी र प्रिज्माको यो दोस्रो म्युजिक भिडियो हो ।

झुमा झुमामा हिमांशु रायमाझीको शब्दमा भीम बिसीले संगीत भरेका छन् । भिडियोमा शुभम भुजेलले कोरियोग्राफ गरेका छन् भने दिपक आचार्यले निर्देशन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्