बर्षा र सन्जोग अमेरिका हनिमुन मनाउन जादै, एयरपोर्टमा भेटिँदा लाजले भुतुक्क (भिडियो सहित)



०७ बैशाख २०७६, काठमाडौं

नायिका बर्षा राउत र सन्जोग कोइराला उनीहरु सगै मर्ने र सगै बाच्ने बाचा सहितको ७ बर्षको लामो समयको प्रेम सम्बन्धलाई फागुन २ गते अर्थात भ्यालेनटाइन डे को दिन अन्तत विवाह  बन्धनमा बाँधिएका थिए । बर्षा र सन्जोग चलचित्र क्षेत्रको निकै चरचित प्रेम जोडी हुन् ।

उनीहरुको प्रेम जोडीलाई दर्शकहरुले निकै रुचाएका हुन् । विवाहपछि पनि उनले आफ्नो कामलाई भने निरन्तरता नै दिएकी थिइन् । अब भने बर्षा र सन्जोगले आफ्नो लागि समय निकालेका छन् ।

बर्षा र सन्जोग आज हनिमुन मनाउनको लागि अमेरिका उडेका छन् । एयरपोर्टमा भेटिदाँ बर्षा र सन्जोग निकै नै लजाएका थिए । बर्षाले आफुहरु १–२ हप्तापछि फर्कने बताएकी छिन् ।

यतिबेला उनी अभिनीत चलचित्र दालभात तरकारी को प्रमोशन चलिरहेको छ । तर उनी प्रमोशनको लागि यहाँ नहुने भएकी छिन् । तर बर्षाले चलचित्र जात्रै जात्रा को प्रमोशनको समयमा भने आफू नेपाल फर्किसक्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्