नेकपाको ७० औं स्थापना दिवसमा अग्रज कम्युनिष्टहरुलाई सम्मान गरिदैं



०६ बैशाख २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० औं वर्षगाँठको अवसरमा ३ नं. प्रदेश संगठन कमिटीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ३ नं. प्रदेश संगठन कमिटीद्वारा राष्ट्रिय सभा गृह भवनमा आगामी बैशाख ८ गते आईतबार विहान १०ः०० बजे आयोजना गर्न लागिएको कार्यक्रममा नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरुलाई पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले सम्मान गर्ने जनाईएको छ ।

३ नं. प्रदेश संगठन कमिटीले सपथ ग्रहणपछि गर्न लागेको यस विशेष कार्यक्रममा सहभागी हुन पार्टी कार्यकर्ता तथा शुभेच्छुक/शुभचिन्तकहरुलाई प्रदेश कमिटी सदस्य सुन्दर पुर्कुटी अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्