पर्यटकीय गन्तव्य बन्दै जेफाले



०६ बैशाख २०७६, इटहरी

पूर्वी नेपालका पर्यटकीय स्थानहरू मध्ये मोरङको सिंहदेवीमा रहेको जेफाले नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गरेको छ ।  उत्तरी मोरङको जेफाले डाँडा पर्यटकहरूको लागी होमस्टे (घरवास) आकर्षक स्थल बनेको हो ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण, शान्त दृश्यावलोकनको हिसाबले जेफालेले बिस्तारै धेरै आगन्तुकहरुलाई आकर्षित गरिरहेको छ । जेफाले डाँडामा बनेको भ्यु टावरले पूर्वका १६ वटा जिल्ला नियाल्न पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ । जेफालेको सिंहदेवी गाविसमा होम स्टे सञ्चालन भए पछि दैनिक पर्यटकहरूको सङ्ख्या बढ्दै गएको छ । धरानबाट करिब २४ किलोमिटर पहाडी यात्रा गरेपछि पुगिने जेफाले डाँडा समुन्द्र सतहबाट एक हजार ९ सय ५० मिटर उचाइमा रहेको छ । जेफाले डाँडाबाट पूर्वमा मेची नदी तथा पश्चिममा कमला नदी र उत्तरतर्फ कञ्चनजंघा, मकालु, सगरमाथा लगायतका हिमालहरू प्रस्ट देख्न सकिन्छ । त्यसबाहेक तराईका सुन्दर फाँटको अवलोकन, बिहानको सूर्योदय र साँझको सूर्यास्तको लोभलाग्दो दृश्य अवलोकन गर्न जेफाले डाँडाले आकर्षित गर्ने गरेको छ । पर्यटन विकासका लागि सिंहदेवी–५ बिहीबारेमा ५ वटा घरमा होमस्टे स्थापना भएका छन् ।

पर्यटनलाई साहित्यसँग जोडेर विभिन्न समयमा साहित्यिक गतिविधिहरू पनि हुने गरेको   केराबारी–२ नम्बर वडाका वडाध्यक्ष प्रेमबहादुर लिम्बूले जानकारी दिएका छन् । जेफालेले दिएको सत्कार, सद्भाव र पर्यटकलाई दिने महत्त्वले गर्दा एक पटक यहाँ पुगेका व्यक्तिहरू फेरी फेरी पनि त्यहाँ पुगिरहने गरेका छन् ।

जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नहरूबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाचेर सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको छ । सडकको स्तरउन्नती, सञ्चार र सुरक्षाको दरिलो व्यवस्था हुँदा जाफाले पूर्वको पर्यटकीय केन्द्रका रूपमा विकास हुने उनीहरूको बुझाइछ ।

यहाँको प्राकृतिक सुन्दरता, वातावरणीय आनन्द तथा जेफाले डाँडाबाट देखिने दृश्यको प्रचार गरेर जेफालेले झापा, मोरङ, सुनसरी र भारतको विहारका पर्यटकहरूलाई आकर्षण गरिरहेको छ ।

पूर्वी नेपालका पर्यटकीय स्थानहरुमध्ये मोरङको सिंहदेवीमा रहेको जेफाले नया पर्यटकीय गन्तब्यका रुपमा विकास हुदै गरेको छ ।  उत्तरी मोरङको जेफाले डाँडा पर्यटकहरुको लागी होमस्टे(घरबास) आकर्षक स्थल बनेको हो ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण, शान्त दृश्यावलोकनको हिसावले जेफालेले विस्तारै धेरै आगन्तुकहरुलाई आकर्षित गरिरहेको छ । जेफाले डाँडामा बनेको भ्यु टावरले पुर्वका १६ वटा जिल्ला नियाल्न पर्यटकहरुको घुईचो लाग्ने गरेको छ । जेफालेको सिंहदेवी गाविसमा होम स्टे संचालन भए पछि दैनिक पर्यटकहरुको संख्या बढ्दै गएको छ । धरानबाट करिब २४ किलोमिटर पहाडी यात्रा गरेपछि पुगिने जेफाले डाँडा समुन्द्र सतहबाट एक हजार ९ सय ५० मिटर उचाइमा रहेको छ । जेफाले डाँडाबाट पूर्वमा मेची नदी तथा पश्चिममा कमला नदी र उत्तरतर्फ कञ्चनजंघा, मकालु, सगरमाथा लगायतका हिमालहरु प्रष्ट देख्न सकिन्छ । त्यसबाहेक तराईका सुन्दर फाँटको अवलोकन, बिहानको सुर्योदय र साँझको सुर्यास्तको लोभलाग्दो दृष्य अवलोकन गर्न जेफाले डाँडाले आकर्षित गर्ने गरेको छ । पर्यटन विकासका लागि सिंहदेवी–५ बिहीबारेमा ५ वटा घरमा होमस्टे स्थापना भएका छन् ।

पर्यटनलाई साहित्यसँग जोडेर विभिन्न समयमा साहित्यीक गतिविधीहरु पनी हुने गरेको   केराबारी–२ नम्बर वडाका वडाध्यक्ष प्रेमबहादुर लिम्बूले जानकारी दिएका छन । जेफालेले दिएको सत्कार, सद्भाव र पर्यटकलाई दिने महत्वले गर्दा एक पटक यहा पुगेका व्यक्तिहरु फेरी फेरी पनि त्यहा पुगिरहने गरेका छन् ।

जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नहरुबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाँचेर सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको छ । सडकको स्तरउन्नती, सञ्चार र सुरक्षाको दरिलो व्यवस्था हुदा जाफाले पूर्वको पर्यटकीय केन्द्रका रुपमा विकास हुने उनीहरुको बुझाइछ ।

यहाको प्राकृतिक सुन्दरता, वातावरणीय आनन्द तथा जेफाले डाडाबाट देखिने दृष्यको प्रचार गरेर जेफालेले झापा, मोरङ, सुनसरी र भारतको विहारका पर्यटकहरुलाई आकर्षण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्