मोरङमा १७ थान हतियार संकलन



०६ बैशाख २०७६, काठमाडौं

गृहमन्त्रालयको निर्देशन अनुसार हातहतियार बुझाउने आज अन्तिम दिन  विभिन्न व्यक्तिले मोरङमा १७ थान हतियार बुझाएका छन् ।

२०७५ साल चैत १ गतेदेखि ३५ दिने सूचना प्रकाशित गरी गृहमन्त्रालयले सर्वसाधारणलाई हतियार बुझाउन आग्रह गरेको थियो । गृहमन्त्रालयको आग्रहपछि मोरङमा आजसम्म ३५ थान हतियार संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले बताए ।  जसमा भरुवा बन्दुक र दुई नाले बन्दुक रहेको ओलीले जानकारी दिए ।

मोरङमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, उर्लाबारी, बेलबारी लगायतका सुरक्षा निकायका कार्यालयमा हतियार बुझाएको पनि उहाँले जानकारी दिए ।

मोरङमा ७ सय २३ जनाको नाममा दर्ता रहेको र तोकिएको म्यादभित्र २ सय १७ वटा मात्र हतियारको नविकरण भएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा तुलसीप्रसाद पौडेलले जानकारी दिए । केसीले एकपटकलाई नेपाल सरकारले नविकरण नगरेका र अवैध रुपमा रहेका हातहतियार बुझाउनलाई निर्देशन गरेको हो । समयभित्र हातहतियार नबुझाएर पछि त्यस्ता हातहतियार भेटिएमा मुलुकी हातहतियार संहिता २०७२ अनुसार कारवाही गरिने पनि उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्