सुनकोशीमा र्याफ्टीङ गरेर फर्किए अध्यक्ष दाहाल



०६ बैशाख २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)एक रात सुकुटे बीचमा आराम गरेर आज काठमाडौं फर्किएका छन् ।

परिवार सहित बिहिबार दिउसो सिन्धुपाल्चोक स्थित सुकुटेबीच सुनकोशी किनारमा पुगेका दाहाल शुक्रबार बिहान काठमाडौं फर्किएका हुन् ।

आराम गर्न गएका दाहालले परिवारसँग हिजो सुनकोशीमा झन्डै तीन किलोमिटर र्याफ्टीङ गरेका थिए । दाहाल परिवारसँग सिन्धुपाल्चोक १ नेकपाका सांसद अग्निप्रसाद सापकोटा समेतको सहभागी रहेको थियो ।

बिहीबार राति सुकुटेमै बिताएका दाहाल शुक्रबार बिहान नजिकैको जंगलसम्म मर्निङ वाकमा निस्केका थिए ।

भरतपुरमा हुन लागेको प्रदेश तीनको लगानी सम्मेलनको उद्घाटनमा सहभागी हुन दाहाल आजै गृहजिल्ला चितवन जान लागेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्