गृहमन्त्रीद्धारा बेरुजु फछ्र्याैटमा उत्कृष्ट गर्नेलाई पुरस्कार !



०५ बैशाख २०७६, काठमाडौं

गृहमन्त्रालयका सचिव प्रेम कुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायतका अन्य ४ जना नगदसहित सम्मानित भएका छन् ।

उनीहरुलाई बेरुजु फछ्र्याैटमा उत्कृष्ट काम गरेको भन्दै गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले नगदसहित प्रशंसापत्र हस्तान्तरण गरेका हुन् ।

गृहमन्त्रालयमा बिहिबार एक कार्यक्रमकाबीच गृहमन्त्री थापाले सचिव राई र प्रहरी महानिरीक्षक खनाललाई नगद आठ हजार तथा प्रशंसा पत्र प्रदान गरिएको हो ।

त्यस्तै गृहमन्त्रालयमा उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरु फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई ६ हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको हो ।

कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तिहरुलाई बधाई दिँदै पुरस्कारले अन्य मन्त्रालयलाई पनि राम्रो काम गर्न प्रेरणा दिने बताए ।

प्रतिक्रिया दिनुहोस्