भष्ट्राचारको आरोप लागेका पेरुका पूर्वराष्ट्रपतिले गरे आत्महत्या !



०५ बैशाख २०७६, काठमाडौं

भष्ट्राचारको आरोप लागेका पेरुका पूर्वराष्ट्रपति आलान गार्सिया ले आत्महत्या गरेका
छन् ।

पक्राउ गर्न प्रहरीहरु निवासमा आएपछि उनले आफैंलाई होली हानी आमहत्या गरेका बीबीसीले जनाएको छ ।

प्रहरी घरमा आएपछि , फोन गर्न भनि अर्काे कोठामा गएका उनले ढोका बन्द गरी गोली चलाइ आमहत्या गरेका हुन् ।

प्रहरीले ढोका खोली हेर्दा उनी कुर्सीमा बसीरहेका थिए, टाउकोमा गोली लागेको घाउ थियो ।

गार्सिया सन् १९८५ देखि १९९० र सन् २००६ देखि २०११ सम्म गरी दुई पटक राष्ट्रपति बनेका थिए ।

राजराधानीमा मेट्रोलाइन परियोजनासँग सम्बन्धित निर्माण कम्पनी ओडुब्रेस्टसँग तीन करोड घुस लिएको आरोप उनीमाथि लागेको थियो । यद्यपि उनले सो आरोप अस्वीकार गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्