पत्रकार गिरीलाई साइबर अपराध मुद्दा लगाइएको विरोधमा पत्रकारहरुको धर्ना !



०५ बैशाख २०७६, काठमाडौं

पत्रकारहरुले बिहिबार बिहान देशभर जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीविरुद्ध साइबर क्राइम  मुद्दा दर्ता भएपछि विरोधस्वरुप पत्रकारहरुले जिल्ला प्रशानसन कार्यालयमा धर्ना दिएका हुन् ।

नेपाल पत्रकार महासंघ, जिल्ला शाखाको अगुवाइमा पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय अगाडि उभिएर पत्रकार पक्राउ विरुद्ध धर्ना दिइरहेका छन् ।

ठगीको समाचार लेखेको अभियोगमा पत्रकार गिरी सोमबार साइबर क्राइम अन्तर्गत पक्राउ परेका थिए ।

उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्रे आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्