
०५ बैशाख २०७६, काठमाडौं
धनगढी उपनगरपालिका–६ ढुङ्गे बजार नजिकबाट प्रहरीले लागुऔषसहित दुइ जनालाई पक्राउ गरेको छ ।
धनगढी उपनगरपालिका– ११ का ५१ वर्षीय मोतीलाल राना र ६ मटियारीका २१ वर्षीय रमेश मल्ललाई प्रहरीले लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको हो ।
से २प ७८९८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उनीहरुको साथमा १८ ग्राम ३७० मिलिग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जानकारी दिएको छ ।
पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि अहिले जिल्ला प्रहरी कार्यालय, कैलालीमा राखिएको छ ।





