विज्ञानको क्षेत्रमा नेपाल पनि सफल, ‘NepaliSat-1’ स्याटलाईट प्रक्षेपण !



०५ बैशाख २०७६, काठमाडौं

नेपालले पहिलो पटक आफ्नै भू–उपग्रह प्रक्षेपण गरेको छ ।

जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटके) बाट स्पेस टेक्नोलोजीमा इञ्‍जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्‍जिनियरिङमा स्‍नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट बिहीबार विहान २ः३१ मा ‘नेपाली स्याट–१’ नामक भू–उपग्रह प्रक्षेपण गरिएको हो ।

‘नेपाली स्याट–१’ नामक उक्त भू–उपग्रहमा नेपालको झण्डाका साथै नाष्टको प्रतीकचिह्न अंकित छ । नेपाली युवाले बनाएको भू–उपग्रह नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहनेछ।

भू–उपग्रहले देशका विभिन्न स्थानका तस्बिर संकलन तथा अभिलेखीकरण गर्नाका साथै यहाँको हिमाल, पहाड, तराई वन, पाखा, हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्