पोर्टोको भाग्य खोस्दै लिभरपुल पुग्यो सेमिफाईनमा !



०५ बैशाख २०७६, काठमाडौं

ईङ्लिस फुटबल क्लब लिभरपुल लगातार दोस्रो जितका साथ सेमिफाईनलमा प्रवेश गरेको छ ।

अर्का क्लब पोर्टोलाई ६–१को फराकिलो गोल अन्तरले हराउँदै उसले अन्तिम चारमा स्थान बनाउँन सफल भयो ।

घरेलु मैदानमा भएको पहिलो लिग दुई शून्यको जित निकालेको लिभरपुलले पोर्टोलाई गएराति दोस्रो लिगमा चार एकले हरायो ।

खेलको २६ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । पहिलो हाफमा एक गोलका अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गर्यो । ६५ औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलको अग्रता दुई शून्यमा पुर्याए ।

तर त्यसका तीन मिनेटपछि पोर्टोका इडे मिलिटोले गोल गर्दै अन्तर कम गरेका थिए । लिभरपुलले पोर्टो विरुद्ध त्यसपछि अरु दुई गोल थप्यो । ७७ औं मिनेटमा रोबेर्टो र्फेमिन्होले गोल गरे भने ८४ औं मिनेटमा भान जीकले साडियो मानेको पासमा लिभरपुलका लागि चौथो गोल गरे ।

यसका साथै लिभरपुलले पोर्टोलाई लगातार दोस्रो सिजन हराउन सफल भयो । अब सेमिफाइनलमा लिभरपुलले बार्सिलोनासँग खेल्नेछ भने टोटनह्यामले आयाक्ससँग प्रतिस्पर्धा गर्नेछ ।

लिभरपुल लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने पहिलो ईङ्लिस क्लब बनेको छ ।

प्रतिक्रिया दिनुहोस्