IPL : दिल्ली क्यापिटल्स र मुम्बई ईन्डियन्स क्रिजमा उत्रँदै !



०५ बैशाख २०७६, काठमाडौं

भारतमा जारी १२ औं आईपीएल अन्तर्गत ३४औं खेलमा बिहीबार दिल्ली क्यापिटल्स र मुम्बई ईन्डियन्सबीच हुनेछ ।

खेल दिल्ली स्थित फिरोज शाह कोटला स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुनेछ ।

समान ८ खेलबाट समान ५/५ जित निकाल्दै अङ्क तालिका दोस्रो र तेस्रो स्थानमा रहेका दिल्ली र मुम्बई जारी प्रतियोगितामा दोस्रोपटक भिड्न लागेका हुन ।

आजको खेलमा मुम्बई दिल्ली विरुद्ध हारको बदला लिने र दिल्ली मुम्बई विरुद्ध दोस्रो जित निकाल्ने दाउमा मैदान उत्रिदैछन ।

आजको खेलमा दिल्ली श्रेयस अय्यर र मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रिदैछन ।

प्रतिक्रिया दिनुहोस्