नेपाल निरक्षरको होईन, विद्धानहरुको देश बनाउनुपर्छ : प्रधामन्त्री ओली



०४ बैशाख २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको नभई विद्वानहरुको देश बनाउनुपर्ने बताएका छन् ।

विद्यालय भर्ना अभियानका सन्दर्भमा आफ्नो सरकारी निवास बालुवाटारमा नेकपानिकट यूवा र विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

“नेपाललाई निरक्षरहरुको होईन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ ।” प्रधानमन्त्री ओलीले भने, “हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपायोग हामीले गर्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्