एसीसी यू–१६ ईस्टर्न रेजन टोलीको घोषणा !



०४ बैशाख २०७६, काठमाडौं

एशियन क्रिकेट काउन्सिलको आयोजनामा हुने प्रतियोगिताका लागि नेपालले १४ सदस्यीय टोलीको घोषणा गरेको छ ।

थाइल्याण्डको चाङमाइमा आगामी २० अप्रिलबाट हुने प्रतियोगिताका लागि विशाल विक्रम केसीको कप्तानीमा रहेको टिममा आशिष ठाकुर, प्रसान्त महत, अर्जुन कुमाल, दिपक बोहोरा, सुवास ऐयर, निखिलकुमार संह, विशालकुमार पटेल, क्रिस कार्की, तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज बिक, प्रसान्त सिंह र सुसान्त थापा रहेका छन ।

अफिसियलमा सुदिप शर्मा म्यानेजर, बसन्त शाही प्रशिक्षक र दिनेश भट्ट फिजियो रहेका छन । नेपाली टिम भोली थाइल्याण्ड प्रस्थान गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्