
०४ बैशाख २०७६, काठमाडौं
लामो समयदेखि भाडाको भवनमा बस्दै आएको संसद बैठक अब सिंहदरबारभित्रै बन्ने भएको छ ।
सहरी विकास मन्त्रालयले सिंहदरबारको पुतली बगैँचामा संसद भवन बनाउनका लागि डिजाइन तयार पारेको छ । मन्त्रालयका अनुसार उक्त भवन निर्माणको लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

सिंहदरबाभित्रै सुविधा सम्पन्न संसद भवन बनाउनका लागि डिजाइन तयार भइसकेको र चाँडै टेण्डर प्रक्रियाबाट ठेक्का लगाइने सहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयको जानकारी अनुसार यही महिनाभित्र खरिद प्रक्रिया सम्पन्न गरिनेछ भने आगामी महिना जेठदेखि निर्माण शुरु नै गरिनेछ । बैशाख महिनाभित्रै टेण्डर प्रक्रिया सकेर जेठदेखि निर्माण शुरु गर्ने र २ वर्षभित्र निर्माण सम्पन्न गरिने मन्त्रालयले जनाएको छ ।
०७८ सालको असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी जेठमै निर्माण कार्य शुरु हुने पक्का भइसकेको मन्त्रालयले जनाएको छ ।





